जनरल इन्स्योरेन्सको साधारणसभा जेठ ३१ गते, हकप्रदको प्रस्ताव पारित गर्ने



काठमडौं । जनरल इन्स्योरेन्स कम्पनीले जेठ ३१ गतेका लागि चौथो साधारणसभा आह्वान गरेको छ । साधारणसभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजेदेखि शुरू हुने कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त सभामा बीमा समितिको स्वीकृती लिई चुक्ता पुँजीको ३० प्रतिशत अर्थात १ः०३ हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै, निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई प्रत्याजोन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्ने छ ।

कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी र जारी पुँजी वृद्धि भए पश्चात कम्पनीको प्रबन्धपत्रमा सोही बमोजिमको संशोधन गर्ने र संशोधन गरिएको नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही निर्देशन बमोजिमको संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षले कम्पनीको आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

यस्तै, सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७७/७८(एनएफआरएस बमोजिमको), २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा प्रवाह सम्बन्धी विवरण र सो सम्बन्धी अनुसुचीमाथि छलफल गरी पारित गर्ने आव २०७८/७९ को लागि बाह्य लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट नियुक्त गरिएको संचालकको नाम अनुमोदन गर्ने लगायतका सामान्य प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले चौथो वार्षिक साधारणसभाका प्रयोजनका लागि जेठ २९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जसअनुसार जेठ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।


क्लिकमान्डु