जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

बीमा समितिबाट स्वीकृती लिइ चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब रूपैयाँ छ ।

कम्पनीले १ अर्ब रूपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रूपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने भएको हो ।


क्लिकमान्डु