टाटा मोटर्स कार शोरुम ललितपुरको सातदोबाटोमा



काठमाडौं । भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो ललितपुरको महत्वपूर्ण शोरुम सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जेबि अटोमोटिभ प्रालिको उद्घाटन गरेको छ ।

टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले आफनो ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको ललितपुरमा उद्घाटनबाट शुरु गरेको छ ।

टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रालिको प्रतिबद्घता अनुुसार आफनो सजांल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुुविधा केन्द्रको रुपमा खोलिएको जानकारी प्राप्त भएको छ ।

विशेष कार्यक्रम मार्फत प्रमुख अतिथिका रुपमा टाटा मोटर्स का तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सन्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापती, विभिन्न विभागका प्रतीनिधिको स्वागत र जेबि अटोमोटिभका अध्यक्ष जेबि घिसिङ्ग र ज्योती बानियाले गरे ।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ ।


क्लिकमान्डु