खाना पकाउने ग्यासमा सरकारले अनुदान नदिए प्रतिसिलिण्डर मूल्य २ हजार ६५० रुपैयाँ पुग्ने



काठमाडौं । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडूले आयल निगम निरन्तरको घाटाले टाट पल्टिने अवस्थामा पुगेको बताए ।

उनले टाट पल्टिन लागेको अवस्थामा ग्याँसमा पनि स्वाचालित मूल्य प्रणाली कार्यान्वयन गर्नुको विकल्प नरहेको बताए ।

हाल निगमको घाटा २३ अर्ब रुपैयाँ पुगिसकेको भन्दै स्वचालित मूल्य प्रणाली कार्यान्वयन नभए निगमको आर्थिक अवस्था नाजुक बन्दै जाने बताए ।

‘पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सरकारमाथि दबाब पर्छ । नबढाउँदा निगमको घाटा बढिरहेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले भने ।

उनले अब खाना पकाउने एलपी ग्याँसमा अनुदान दिन नसकिने बताए । उनले त्यसको सट्टा विद्युतको प्रयोगमा अनुदान दिने विषयमा सरकारले गृहकार्य गरिरहेको छ ।

मन्त्रीकाअनुसार पेट्रोलियमम पदार्थको मूल्य बढ्दै जाने र सरकारले अनुदान दिँदै जान नसक्ने बताउँदै आन्तरिक उत्पादन विद्युतमा अनुदान दिनुपर्ने जिकिर गरे ।

नेपालमा पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य कार्यान्वयन गरे अत्यावश्यक वस्तु ग्यासको मूल्य २६ सय ५० रुपैयाँ कायम हुने भएको छ ।

हाल ग्याँसमा सरकारले अनुदान दिँदै आइरहेको छ । जसका कारण उपभोक्ताले १ हजार ६ सय रुपैयाँमा पाउँदै आएका छन् । त्यसबाहेकको १ हजार ५० रुपैयाँ सरकारले अनुदान दिँदै आएको छ ।


क्लिकमान्डु