भ्यू टावरमा पैसा बाहेक केही फल्दैनः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावर बनाउनु राम्रो भएको भन्दै यसबाट पैसा मात्रै फल्नै बताए ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भने, ‘एउटा पार्टीले घोषणापत्रमै भ्यू टावर नबनाउने भनेर लेख्यो, भ्यूटावरमा कोदो फल्दैन, धान फल्दैन, मकै फल्दैन केही फल्छ भने त्यो पैसा मात्रै हो ।’

उनले फ्रान्समा गुत्सेव आइफलले बनाएको आइफल टावरले अहिले अर्बौ रुपैयाँ कमाइरहेको र फ्रान्सको पहिचान भएको भन्दै भ्यूटावर निर्माण गर्नु सही भएको बताए ।

केपी ओली सरकारको पालामा देशमा भ्यूटावर निर्माणको लहर नै छाएको भन्दै चर्को विरोध पनि भएको थियो । तर ओलीले भने भ्यू टावर निर्माण गर्ने निर्णय राम्रो भएको बताए ।

‘फर्गेड एस्टडे’नामक पुस्तकको विमोचन कार्यक्रममा करिब ४० मिनेट लामो भाषण गरेका ओलीले राजनीतिक विषयमा भने केही बोलेनन् ।

यसअघि हरेक जसो समयमा मञ्चमा पुग्ने वित्तिकै मूल विषयभन्दा राजनीतिमा केन्द्रित हुँदै आफू इतरका पार्टीका नेतालाई कटाक्ष गर्ने ओलीले निर्वाचनपछि भने त्यस विषयमा मुख खोलेनन् ।


क्लिकमान्डु