जीवन बीमा कम्पनीद्वारा १ खर्ब बढी बीमाशुल्क संकलन, १७ कम्पनीको बढ्दा दुई वटाको घट्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरूले १ खर्ब माथि खुद बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब १ अर्ब २२ करोड ४५ लाख ८२ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका हुन् ।

जुन गत आवको यसै अवधिको तुलनामा कम्पनीहरूको खुद बीमाशुल्क ९.७१ प्रतिशतले धेरै हो ।

गत आवको चैत मसान्तसम्मको अवधिमा यी कम्पनीहरूले ९२ अर्ब २६ करोड ४४ लाख ९६ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए ।

यस अवधिमा मेट लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स बाहेक अन्य सबै कम्पनीको बीमाशुल्क बढेको छ ।

गत आवको यसै अवधिको तुलनमा गुराँस लाइफको खुद बीमाशुल्क २१.९९ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ४९ लाख ७३ हजार रूपैयाँमा सीमित भएको छ ।

गत आवको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३ अर्ब १ करोड ८८ लाख १३ हजार रूैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

मेट लाइफको खुद बीमाशुल्क १.३१ प्रतिशतले घटेर ३ अर्ब ८३ करोड ८ लाख १८ हजार रूपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा मेट लाइफले ३ अर्ब ८८ करोड १४ लाख ९२ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा सबैभन्दा धेरै खुद बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ परेको छ । इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा २५ अर्ब ९९ करोड ७९ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिको तुलनामा इन्स्योरेन्सको खुद बीमाशुल्क ४.१७ प्रतिशतले बढेको हो ।

गत आवको चैत मसान्तसम्ममा इनस्योरेन्सले २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

नेपाल लाइफपछि धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा एलआइसी नेपाल परेको छ । चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा इन्स्योरेन्सले १३ अर्ब ६२ करोड २७ लाख ६८ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

जुन गत आवको यसै अवधिको तुलनामा ०.१७ प्रतिशतले मात्रै धेरै हो । गत आवको यसै अवधिमा एलआइसीले १३ अर्ब ५९ करोड ९३ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, गत आवको यसै अवधिको तुलनमा नेशनल लाइफको खुद बीमाशुल्क १७.०४ प्रतिशतले बढेर १० अर्ब १७ करोड ५६ लाख रूपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा नेशनलले ८ अर्ब ६९ करोड ३९ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार राष्ट्रिय बीमा संस्थान र यूनियन लाइफले ५ अर्ब रूपैयाँ भन्दा धेरै खुद बीमाशुल्क संकलन गरेका छन् ।

राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २७ करोड ६४ लाख रूपैयाँ र यूनियन लाइफले ५ अर्ब ९९ करोड ८२ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

गत आवको यसै अवधिको तुलनामा राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क ७.४३ प्रतिशत र यूनियन लाइफको १८.६६ प्रतिशतले बढेको हो ।

प्राइम लाइफको खुद बीमाशुल्क १३.५९ प्रतिशत, सूर्या लाइफको १०.९० प्रतिशत, एशियन लाइफको ११.४१ प्रतिशत, प्रभु लाइफको ३३.९२ प्रतिशत, सिटिजन लाइफको ४७.२८ प्रतिशत, रिलायबल नेपाल लाइफको २४.३९ प्रतिशतले बढेको छ ।

यस्तै, महालक्ष्मी लाइफको ४२.२३ प्रतिशत, आइएमई लाइफको २८.५२ प्रतिशत, रिलायन्स लाइफको १५.९२ प्रतिशत, सन नेपाल लाइफको ४०.१४ प्रतिशत र सानिमा लाइफको २०.३० प्रतिशतले बढेको छ ।


क्लिकमान्डु