संसदमा बालेनको चर्चाः एउटा बालेन हेर्दा दिक्क लागेको छ, अब हरेक क्षेत्रमा जन्मन सक्छन्



काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बालेन साहको चर्चा भएको छ । काठमाडौं महानगरको मेयर पदको मतगणनामा शुरुवाती चरणदेखि नै अग्रता कायम गर्दै जिततर्फ लम्किरहेका साहबारे संसदमा चर्चा भएको हो ।

सांसद चारतारा कुमारीले नेताहरु नसुध्रने हो भने कैयन क्षेत्रमा बालेन साह जन्मन सक्ने बताइन् ।

‘अहिले एउटा बालेन साहलाई हेर्न दिक्क लागेको छ, यो कहाँबाट आयो भन्ने भएको होला तर अब कैयन क्षेत्रमा बालेन साहहरु जन्मन सक्छन्,’ उनले भनिन् ।

उनले नेताहरु आफू प्रधानमन्त्री र अर्थमन्त्री हुँदा केही नगर्ने र अरु अर्थमन्त्री हुँदा सधै आलोचना गर्ने खराब आरचण रहेको बताइन् ।

उनले नेताहरु शुरुमा आफू नै सुध्रनु पर्ने बताइन् ।


क्लिकमान्डु