जीवन बीमा कम्पनीले ३ अर्ब बढी भुक्तानी गर्न बाँकी, एक वर्षमा करिब ३% ले बढ्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरूमा भुक्तानी हुन बाँकी दाबी रकम करिब ३ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिसम्ममा १६ जीवन बीमा कम्पनीहरूले ३ अर्ब ६ करोड ८० लाख रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

जुन गत आवको यसै अवधिको तुलनामा २.८७ प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्मको अवधिमा यी कम्पनीहरूमा भुक्तानी गर्न बाँकी रहेको रकम २ अर्ब ९८ करोड २६ लख १३ हजार रूपैयाँ थियो ।

नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् । तर, दुई वटा जीवन बीमा कम्पनीको भने भुक्तानी गर्न बाँकी दाबी रकम शून्य छ ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार सानिमा लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गर्न बाँकी छैन ।

राष्ट्रिय बीमा संस्थानले भने दाबी भुक्तानी गर्नुपर्ने रकम कति छ भनेर आफ्नो वित्तीय विवरणमा उल्लेख गरेको छैन ।

१६ कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भुक्तानी हुन बाँकी छ । इन्स्योरेन्सको १ अर्ब २८ करोड ५८ लाख ९२ हजार रूपैयाँभन्दा बढी दाबी रकम भुक्तानी हुन बाँकी छ ।

गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा इन्स्योरेन्समा भुक्तानी हुन बाँकी दाबी रकम १२.२८ प्रतिशत घटेको हो । गत आवको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ अर्ब ४६ करोड ५८ लाख रूपैयाँ बराररको भुक्तानी गर्न बाँकी थियो ।

मेट लाइफ इन्स्योरेन्स कम्पनीको ७० करोड ४६ लाख दाबी भुक्तानी हुन बाँकी छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीमा भुक्तानी हुन बाँकी रहेको रकम ६.४८ प्रतिशतले घटेको हो ।

गत आवको यसै अवधिमा मेट लाइफले ७५ अर्ब ३४ करोड ५८ हजार रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी थियो ।

१६ वटा कम्पनीमध्ये सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको छ । वित्तीय विरणअनुसार इन्स्योरेन्सले ४ लाख ३६ हजार रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

प्रतिशतका आधारमा १९ वटा कम्पनीमध्ये भुक्तानी गर्न बाँकी रहेको रकम सबैभन्दा बढी रिलायन्स लाइफ इन्स्योरेन्सको बढेको छ । गत आवको यसै अवधिमा कम्पनीमा कुल दाबी भुक्तानी हुन बाँकी रहेको रकम १ हजार ३९६.१६ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको यसै अवधिमा ७ लाख ८१ हजार रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी रहेको कम्पनीको चालू आवमा १ करोड १६ लाख ८५ हजार रूपैयाँ पुगेको हो ।

यस्तै, प्रभु लाइफको भुक्तानी हुन बाँकी रहेको रकम २८८.८८ प्रतिशते बढेको छ । इन्स्योरेन्सले यस अवधिमा २९ करोड ९१ लाख ६६ हजार रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

गत अवाको यसै अवधिमा कम्पनीले ७५ लाख रूपैयाँ मात्रै भुक्तानी गर्न बाँकी थियो ।

कम्पनीहरूको वित्तीय विवरण अनुसार यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्ससहतिका ६ कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम घटेको छ ।

नेपाल लाइफ, गुराँस लाइफ, मेट लाइफ, सूर्या लाइफ, सिटिजन र महालक्ष्मी लाइफले भुक्तानी गर्नुपर्ने रकम घटाएका हुन् ।

नेपाल लाइफको १२ं२८ प्रतिशत, गुराँस लाइफको ५६.१६ प्रतिशत, मेट लाइफको ६.४८ प्रतिशत, सूर्या लाइफको ७९.३९ प्रतिशत, सिटिजन लाइफको ७१ प्रतिशत र महालक्ष्मी लाइफको ४९.८९ प्रतिशतले घटेको हो ।

बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो, पारदर्शी तथा व्यवस्थित बनाई बीमितको हित रक्षा गर्न आवस्यकता रहेको भन्दै बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७६ जारी गरेको छ ।

उक्त निर्देशिकामा परिपक्व भएको बीमालेखको दाबी भुक्तानीको हकम बीमा कम्पनीले बीमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बीमालेख तथा परिचय खुल्ने कागजातहरू लिई भुक्तानी लिन आउन सूचान जारी गर्नु पर्ने व्यवस्था छ ।

बीमितले सो बमोजिम कागजातहरू पेश गरेमा कम्पनीहरूले आवस्यक जाँचबुझ गरी निवेदन दर्ता भएको ७ दिनभित्र दाबी भुक्तानी दिनुपर्ने व्यवस्था उक्त निर्देशिकाले गरिदिएको छ ।

बीमालेखको अवधि समाप्त हुनु अगावै बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई पनि इच्छाएको नभए सबैभन्दा नजिकको हकवालाले त्यस्तो बीमा रकम लिन सक्नेछन् ।

उनीहरूले दाबीसम्बन्धी विवरण, बीमितको मृत्यु प्रमाणपत्र तथा बीमितसँगको नाता प्रमाणपत्र लगायतका कागजात पेश गर्नुपर्छ । सो बमोजिम प्राप्त भएका निवेदनलाई कम्पनीहरूले आवश्यक छानबिन गरी भुक्तानी गर्नेछन् ।


क्लिकमान्डु