सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार १२ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु