स्थापितको वडामा पनि बालेनलाई बराबर मत, कुल मतान्तर ९१९९ पुग्यो



काठमाडौं । काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साहले अग्रता अझ फराकिलो बनाएका छन् ।

बुधबार राति साढे ८ बजेसम्मको मतगणना अनुसार स्वतन्त्र उम्मेदवार साहले १८ हजार ७९५ मत प्राप्त गरेका छन् ।

साथै उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापित साहभन्दा ९ हजार १९९ मतले पछाडि छन् । स्थापितले हालसम्म ९ हजार ५९६ मत प्राप्त गरेका छन् ।

साथै कांग्रेस उम्मेदवार सिर्जना सिंहले ९ हजार १७२ मत प्राप्त गरेकी छन् ।

स्थापितको वडा २९ नम्बरमा शुरुवाती गणनामा साह दोस्रो स्थानमा झरे पनि अहिले भने बराबर मत ल्याउन सफल भएका छन् ।

उनले २९ वडामा ७०० मत गणना हुँदासम्म दुबैले बराबर १८१ मत प्राप्त गरेका छन् । सोही वडामा सिंहले भने १४२ मत मात्र प्राप्त गरेकी छन् ।

हालसम्म गणना भइसकेका र भइरहेका ११ वडामा भने साह नै अगाडि छन् ।


क्लिकमान्डु