लगानी बोर्डमा पुगेर अनिल शाहले यसरी सम्झिए बाबुराम भट्टराई



काठमाडौं । लगानी बोर्डको कार्यालय पुगेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई सम्झिएका छन् ।

बोर्ड र नबिल बैंकबीच रणनीतिक योजनामा साझेदारी गर्नको लागि आयोजित कार्यक्रममा हुने पूर्वप्रधानमन्त्री भट्टराईलाई सम्झिएका हुन् । बाबुराम भट्टराई २०६८ सालमा प्रधानमन्त्री बनेको बेला लगानी बोर्ड स्थापना भएको हो ।

‘लगानीकर्तालाई एउटै ठाउँबाट सबै सेवा दिनको लागि १० वर्ष अगाडि बाबुरामजीको भिजनमा संस्था खुलेको थियो,हामीले त्यो बेला बोर्ड बस्ने अफिस समेत पाएका थिएनौ,’भट्टराईले भने ।

अहिले बोर्ड संस्थागत भएको र लगानी भित्राउने काममा सफल भएको शाहले बताए । लगानी बोर्डले १० वर्षमा २७ वटा परियोजनामा ८ खर्ब ३३ अर्ब लगानीको लागि स्वीकृति दिएको छ । जसमा मुख्य रुपमा जलविद्युत् र सिमेन्टमा लगानी सफल देखिएको छ ।


क्लिकमान्डु