धेरै सडक बनाएर समस्या भयो, अब विद्युतीय रेल चलाउनु पर्छः मन्त्री यादव



काठमाडौं । भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवले २ प्रतिशतमा रहेको विद्युतीय गाडी बढाउने गरी नीति बनाउन लागेको बताएकी छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले सडक धेरै सडक बनाएर समस्या भएको भन्दै अब विद्युतीय रेल चलाउने नीति अगाडि बढाउने बताइन् ।

अहिले नेपालमा २ प्रतिशत विद्युतीय सवारीसाधन रहेकोमा आगामी बजेटबाट थप विद्युतीय सवारी साधन बढाउने गरी कार्यक्रम समावेश हुने बताइन् ।


क्लिकमान्डु