सरकारले ल्याएका विद्युतीय सवारी साधन कता गुड्छन् भन्ने थाहै छैनः मन्त्री झाँक्री



काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकारले नेपालमा ल्याएका विद्युतीय सवारी साधन देखाउनका लागि मात्रै ल्याएको जस्तो देखिएको टिप्पणी गरेकी छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको सार्वजनिक यातायातमा विद्युतीकरण सम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले भनिन्, ‘सरकारले २/३ वटा विद्युतीय सवारी साधन ल्याएर उद्घाटन गरेको फोटो देखिन्छ । तर, गाडी कता गुड्छन् भन्ने थाहा छैन ।’

सरकारले ल्याएका विद्युतीय सवारी साधन कता गडिरहेका छन् थाहा नभएको बताइन् ।

‘विद्युतीय सवारी साधन उद्घाटन गरेका फोटाहरु देखिन्छन् तर यात्रुहरुले चढेको देखिन्न्,’ उनले भनिन्, ‘ग्यारेजमा थन्किएका छ्न् कि गुडिरहेका छन् थाहा छैन ।’

उनले १÷२ वटा विद्युतीय सवारी साधन ल्याएर मात्रै नहुने भन्दै यस्ता सवारी साधनलाई प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने बताइन् ।

‘सहरभित्रको डरलाग्दो समस्या ट्राफिक जाम हो । सहरमा बस्ने सर्वसाधारणले सार्वजनिक यातायातमा यात्रा गर्दा घन्टौं जाममा बस्नुपर्ने र हिँड्दा धुवाँधुलोको समस्या छ,’ उनले भनिन् ।

उनले हाल भएका पुरानो सवारी साधनलाई कसरी व्यवस्थित गर्ने र कसरी विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न सकिन्छ यस विषयमा गहन छलफल र अध्ययन गर्नुपर्ने बताइन ।


क्लिकमान्डु