बुधबार विहानसम्म बालेन साहको अग्रता कायमै, स्थापित ६३८४ मतले पछि



काठमाडौं । काठमाडौं महानगरको मेयर पदका उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

हाल मतगणना सम्पन्न भएका वडा नम्बर १ र २ तथा जारी ३, ४, ५, ६ तथा २९, ३०, ३१ र ३२ वडा सबैमा बालेनले नै लिड गरिरहेका छन् ।

बालेनले कुल ३५ हजार ७९६ मतगणना हुँदा १३ हजार ७६१ मत प्राप्त गरेका छन् ।

साथै एमाले उम्मेदवार केशव स्थापितले उनीभन्दा ६ हजार ३८४ कम मत अर्थात् ७ हजार ३७७ मत प्राप्त गरेका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले कुल ६ हजार ५३५ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु