राति साढे ९ बजेसम्म बालेन साह ६ हजारबढी मतले अगाडि, कस्को कति ?



काठमाडौं । काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साहलाई प्रतिद्वन्द्वीसँगको मतान्तर फराकिलो बनाउँदै अघि बढेका छन् ।

लौरो चिन्ह लिएर चुनावमा होमिएका साहले राति साढे ९ बजेसम्म कुल १२ हजार ८९२ मत प्राप्त गरेका छन् भने उनी निकटम प्रतिद्वन्द्वीभन्दा ६ हजारभन्दा बढी मतले अगाडि छन् ।

नेकपा एमालेमा उम्मेदवार केशव स्थापितले ६ हजार ८८५ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार सिर्जना सिंहले ६ हजार ७८३ मत प्राप्त गरेकी छन् । हालसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने अहिले वडा नम्बर ३, ४, ५ र ६ का साथै २९, ३०, ३१ र ३२ वडाको मत गणना भइरहेको छ ।


क्लिकमान्डु