नेपालका लागि भारतीय राजदूतमा श्रीवास्तव नियुक्त



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको भोलिपल्ट भारतले नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार परराष्ट्र मन्त्रालय अन्तर्गत रहेर पूर्वी एशिया डिभिजन सम्हालेका नविन श्रीवास्तनलाई राजदूत पदमा नियुक्त गरेको हो ।

उनले २ वर्षअघि लद्दाखमा भारत र चीनबीचको सैन्य विवादपछि कुटनीतिमार्फत् समस्या समाधानमा मुख्य भूमिका खेलेका थिए ।

हाल श्रीवास्तवले पूर्वी एशिया डिभिजन अन्तर्गत चीन, जापान, उत्तरकोरिया, मंगोलिया सम्हालिरहेका थिए ।

उनले यसअघि कन्सुल जनरलका रुपमा चीनको सांघाईमा रहेर काम गरिसकेका छन् भने यसले नेपालका लागि राजदूत हुँदा फाइदा पुग्ने उल्लेख गरिएको छ ।


क्लिकमान्डु