मर्जरको विशेष प्रस्तावसहित यूनाइटेड इन्स्योरेन्सले बोलायो साधारणसभा



काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले मर्जरको विशेष प्रस्तावसहित २८औं वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभा जेठ २३ गते, अनमोल व्याङकेट शंखमुल काठमाडौंमा विहान ११ बजेदेखि शुरू हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको ३६७औं बैठकले सो सभाको मिति तय गरेको हो ।

बीमा समितिको निर्देशनअनुसार कम्पनीले २ अर्ब ५० करोड रूपैयाँ चुक्ता पुँजी पुर्याउन भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बिन्ध निर्णय गर्न तथा सो सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

यस्तै, विशेष चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मा्नयता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेस गर्ने छ ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरणसहितका अनुसूचिहरु पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा नीजको पारिश्रमिक निर्धाण गर्ने, संचालक समितिमा संस्थापक शेयरधनी समुह (क)को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु र सर्वसाधारण समूह (ख)को तर्फबाट २ जना गरी ६ संचालकको निर्वाचन गर्नेछ ।

साधारणसभामा उपस्थिति प्रयोजनको लागि जेठ ९ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु