बालेनले बढाए मतान्तर, स्थापित ५१७६ मतले पछि परे



काठमाडौं । काठमाडौं महानगरको मेयर उम्मेदवारका बालेन साहले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर बढाएका छन् ।

लौरो चिन्ह लिएर निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार ४३४ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापित ५ हजार १७६ मतले पछाडि परेका छन् ।

स्थापितले कुल ६ हजार २५८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५ हजार ४०८ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु