रुबीभ्यालीमा गठबन्धनको जित



काठमाडौं । रुबीभ्याली गाउँपालिकाको अध्यक्ष गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामसिंह तामाङ विजयी भएका छन् ।

तामाङले २ हजार ७९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोम्बा घलेले २ हजार ५९७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फे लामा तामाङले २ हजार ९०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार १३२ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु