७ निर्जीवन बीमा कम्पनीको नाफा घट्यो, नाफा बढाउनेमा यूनाइटेड पहिलो, सानिमा जनरल दोस्रो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले साढे ३ अर्ब भन्दा धेरै नाफा कमाएका छन् ।

निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा १९ निर्जीवन बीमा कम्पनीले ३ अर्ब ५८ करोड ३६ लाख २४ हजार रूपैयाँ खुद नाफा कमाएका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ३ अर्ब ४५ करोड १९ लाख ७४ हजार रूपैयाँ खुद मुनाफा कमाएका थिए ।

नेशनल इन्स्योरेन्सले भने चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा ७ कम्पनीको नाफा घटेको छ । भने १२ कम्पनीको नाफा बढेको छ ।

एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल, नेको इन्स्योरेन्स, आईएमई जनरल, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको नाफा घटेको हो ।

सबैभन्दा धेरै नाफा लुम्बिनी जनरल इन्स्योरेन्सको घटेको छ । कम्पनीको नाफा ३०.६५ प्रतिशतले घटेर ९ करोड ५५ लाख रूपैयाँमा सीमित भएको हो । गत आवको यसै अवधिमा कम्पनीले १३ करोड ७७ लाख रूपैयाँ नाफा कमाएको थियो ।

यस्तै, एनएलजी इन्स्योरेन्सको नाफा १९.७७ प्रतिशत, आईएमई जनरल इन्स्योरेन्सको ११०.८४ प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको २६.२१ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको १२.२१ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको १०.७५ प्रतिशतले घटेको छ ।

७ निर्जीवन बीमा कम्पनीको खुद नाफामा गिरावट आउँदा पनि औषतमा निर्जीवन बीमा कम्पनीको खुद नाफा बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद मुनाफा ३.८१ प्रतिशतले बढेको हो ।

१२ कम्पनीको नाफा बढ्यो, नाफा बढाउनेमा यूनाइटेड पहिलो, सानिमा जनरल दोस्रो

चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा १२ कम्पनीको नाफा बढेको छ । शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल, अजोड, नेपाल, यूनाइटेड, जनरल, सानिमा, ओरियन्टल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको नाफा बढेको हो ।

यूनाइटेड इन्स्योरेन्सको नाफा धेरै प्रतिशतले बढेको छ । कम्पनीको खुद नाफामा ९३.९८ प्रतिशतको वृद्धि आएको हो ।

कम्पनीले यस अवधिमा १० करोड २३ लाख ४० हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ५ करोड २७ लाख ५७ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

यूनाइटेड पछि नाफा बढाउने कम्पनीको दोस्रो नम्बरमा सानिमा जनरल इनस्योरेन्स परेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा ८०.५४ प्रतिशतले बढेर १० करोड ५० लाख १८ हजार रूपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ५ करोड ८१ लाख ७० हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, अजोड इन्स्योरेन्सको नाफा ५४.०६ प्रतिशतले बढेको छ ।

प्रभु इन्स्योरेन्सको नाफा १.४० प्रतिशत, लुम्बिनी जनरलको १७.५२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ५.४९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको २६.९२ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ०.६० प्रतिशत, शिखर इन्स्योरेन्सको १.०४ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको १.९९ प्रतिशत, ओरियन्टल इन्स्योरेन्सको २९.९६ प्रतिशत र जनरल इनस्योरेन्सको नाफा २९.४७ प्रतिशतले बढेको छ ।

१९ कम्पनीमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा शिखर इन्स्योरेन्स परेको छ । कम्पनीले यस अवधिमा ३६ करोड ७० लाख ८२ हजार रूपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ३३ लाख २० हजार रूपैयाँ नाफा कमाएको थियो ।

शिखर पछि राष्ट्रिय बीमा कम्पनीले यस अवधिमा ३४ करोड २६ लाख रूपैयाँ नाफा कमाएको छ । सगरमाथा इन्स्योरेन्सले २८ करोड ७१ लाख रूपैयाँ नाफा कमाएको छ ।


क्लिकमान्डु