ललितपुरमा चिरिबाबुको सानदार अग्रता



काठमाडौं । ललितपुर महानगरको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले सानदार मतान्तरसहितको अग्रता लिएका छन् । शुरुवाती चरणदेखि नै अग्रता लिएका महर्जनले लगातार मतान्तर बढाउँदै गएका छन् ।

अहिलेसम्मको नतिजाअनुसार महर्जनले ७ हजार २१७ मत ल्याएका छन् भने एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ३ हजार ८३ मत ल्याएका छन् । महर्जनले ब्यञ्जनकारको भन्दा ४ हजार १३४ मत बढी ल्याएका छन् ।

उपमेयरमा भने एमालेका उम्मेदवार मञ्जली शाक्यले सानदार अग्रता लिएकी छन् । शाक्यले माओवादीका उम्मेदवार बाबुराजा बज्राचार्यले २ हजार २९२ मत ल्याएका छन् ।


क्लिकमान्डु