बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेय एमाले उम्मेदवारभन्दा १८ सय मतले अघि



काठमाडौं । एमालेका लागि जित्नै पर्ने दबाब रहेको बुटवल उपमहानगरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।

यसअघि एमालेले जितेको यस उपमहानगरमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले ५ हजार ७३७ ममत प्राप्त गर्दा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १ हजार ७९७ मत कम अर्थात् ३ हजार ५९३ मत मात्रै प्राप्त गरेका छन् ।

तर निर्वाचन सकिए लगत्तै प्रकाशित केही एक्जिट पोलले भने एमालेले जित्ने दाबी गरेका थिए । तर मतगणनाको शुरुवातदेखि नै कांग्रेसले अग्रतालाई कायम राख्दै मतान्तर फराकिलो बनाउँदै लगेको छ ।


क्लिकमान्डु