काठमाडौं महानगरः एमालेका उम्मेदवार स्थापितभन्दा बालेनको मत झन्डै दोब्बर, यस्तो छ पछिल्लो परिणाम



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । बालेनले प्रत्येक पटक मतान्तर बढाउँदै लगेका छन् ।

कोर सिटीमा मत गन्न शुरु गरेपछि बालेनको मत घट्ने आँकलन गरिएको थियो । तर, कोर सिटीमा पनि बालेनले अग्रतामात्रै कायम राखेका छैनन् । मतान्तर पनि बढाउँदै लगेका छन् ।

पछिल्लो परिणाम अनुसार बालेनले एमालेका स्थापितलाई ३९ सय ६ मतले पछि पारेका छन् । पछिल्लो तथ्यांक अनुसार बालेनले ८२ सय ४८ मत प्राप्त गरेका छन् भने स्थापितले ४३ सय ४२ मत प्राप्त गरेका छन् ।

कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले स्थापितलाई पछ्याइरहेकी छिन् । सिंहले ३७ सय ८१ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी, एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले ६३ सय ४६ मत प्राप्त गरेकी छन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार १६ सय ९० मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार विनिता मगैयाले १३ सय ४५ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु