हुन्डाइको नयाँ गाडी भेन्यु फेसलिफ्ट आउँदै, मूल्य कति ?



काठमाडौं । विश्वको चर्चित गाडी उत्पादक कम्पनी हुन्डाईका विभिन्न मोडलका गाडीहरु नेपालमा बिक्री भइरहेका छन् । त्यसमध्येको एक हो भेन्यु ।

४० लाख रुपैयाँको रेन्जमा रहेको भेन्यु नेपालमा धेरैको रोजाइमा पर्ने गाडी हो । हुन्डाइले भेन्युको अर्को मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । त्यो हो भन्यु फेसलिफ्ट ।

हुन्डाइ फेसलिफ्टलाई सन् २०२२ को जुन महिनाभित्र सार्वजनिक गर्ने तयारी छ । भेन्युको पहिलाको फिचरहरुमा केही परिवर्तन गर्दै हुन्डाइले कम्प्याक्ट एसयूभीमा यो गाडी ल्याउन लागेको हो । यस गाडीमा यसअघिका केही फिचरहरु नै रहनेछन् ।

नयाँ भेन्यु फेसलिफ्टको अगाडिको लुक्स (फ्रन्ट ग्रिल)मा परिवर्तन गरिएको छ । फ्रन्ट ग्रील पहिलेको भन्दा आकर्षक रहेको कम्पनीको दाबी छ ।

पछाडिको लाइटको डिजाइन पनि परिवर्तन गरिएको छ । त्यस्तै, गाडीको अगाडिको लुक्स (बम्बर) मा नयाँ डिजाइन गरिएको छ । पांग्रा (अलो ह्विल) डिजाइनमा पनि परिवर्तन गरिएको छ ।

यसको मूल्य अहिले चलेको भेन्यु मोडलको भन्दा प्रिमियम हुने कम्पनीले जनाएको छ । भारतमा यसको मूल्य ७ लाखदेखि १२ लाख पर्ने अनुमान गरिएको छ ।

डिजेल र पेट्रोलमा उपलब्ध यो गाडी ४ भेरियन्टमा उपलब्ध हुनेछ । साथै, ३ वटा ट्रास्मिसन अप्सनहरु म्यानुअल, क्लचलेस म्यानुअल र अटोमेटिक छन् ।

बजारमा हुन्डाइ फेसलिफ्टको प्रतिस्पर्धीमा मारुती सुजुकी ब्रेजा, निसान म्याग्नाइट, किया सोनेट, टाटा नेक्ससहरुलाई मानिएको छ ।


क्लिकमान्डु