भरतपुरमा विजय सुवेदीसँग रेनु दाहालको ६१ को मतान्तर घटेर ३८ मा झर्यो



चितवन । भरतपुर महानगरको मतगणनाको नतिजा निकै रोचक बनिरहेको छ । एमाले उम्मेदवार विजय सुवेदी र माओवादीकी उम्मेदवार रेनु दाहालबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ । लगातारजसो एमालेका सुवेदीले लिड गरे पनि मतान्तर भने घटबढ भइरहेको छ ।

पछिल्लो अपडेटअनुसार रेनुको भन्दा विजयको जम्मा ३८ मत मात्रै बढी छ । त्यसअघिको अपडेटमा ६१ मत बढी थियो ।

पछिल्लो अपडेट अनुसार सुवेदीले ४४ सय ५१ मत ल्याएका छन् भने दाहालले ४४ सय १३ मत ल्याएकी छन् ।

त्यसअघि सुवेदीले सुवेदीले ४४ सय मत प्राप्त गरेका थिए भने दाहालले ४३ सय ३९ मत प्राप्त गरेकी थिइन् ।

त्यसअघि सुवेदीले दाहाललाई ३०, ३३, ३७ हुँदै ५० मतले पछि पारेका थिए । तर, त्यसपछिको अपडेटमा भने उक्त मतान्तरलाई घटाएर रेनुले ३७ मा झारेकी थिइन् ।


क्लिकमान्डु