लुम्बिनी र कुशिनगरबीच भगिनी सम्बन्ध स्थापना गरिने



काठमाडौं । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र भारतको कुशिनगरबीच भगिनी सम्बन्ध स्थापना गरिने भएको छ ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच दुई धार्मिक स्थलबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा सहमति भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार यसका लागि आवश्यक तयारी स्थानीय अधिकारीहरुले अगाडि बढाउने छन् ।


क्लिकमान्डु