बिराटनगर महानगरमा एमालेका उम्मेदवार थापाकोभन्दा कांग्रेसका कोइरालाको १५१६ मत बढी



मोरङ । बिराटनगर महानगरपालिकामा शुरुवाती चरणदेखि नै अग्रता लिँदै आएका कांग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो अपडेट अनुसार कांग्रेसका कोइरालाले ५१ सय ८३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार थापाले ३६ सय ६७ मत प्राप्त गरेका छन् । एमालेका थापाको भन्दा कांग्रेसका कोइरालाको १५ सय १६ मत बढी हो ।

त्यस्तै, मेयर पदमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले १७ सय २० मत, राप्रपाका उम्मेदवारले ८ सय ३२ मत र लोकतान्त्रिक समाजवादी पार्टीका मृत्युनजयकुमार मिश्रले १ सय ९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी शिल्पा कार्कीले ४१ सय ८२ मत ल्याएकी छन् भने जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ३ हजार ८३ मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका उमेदवार विन्दाकुमारी लुईंटेलले १ हजार २६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ९ सय ९२ मत ल्याएकी छन् ।


क्लिकमान्डु