मोदीको लुम्बिनी भ्रमणले पर्यटक र लगानी दुबै बढ्छः महासंघ अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भारतीय लगानी बढ्ने बताएका छन् ।

‘पछिल्ला ३/४ वर्षमा भारतबाट ठूलो लगानी नेपाल आएको छैन, प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणपछि अब लगानी बढ्न सक्छ,’ उनले भने ।

गोल्छाले मोदीको भ्रमणपछि लुम्बिनीमा भारतीय पर्यटकको संख्या बढ्ने समेत बताए ।

उनले भारतबाट निर्यात हुने प्रमुख १० देशमा नेपाल पर्ने भन्दै नेपालले पनि उर्जा निर्यात गरी भारतसँगको व्यापारघाटा कम गर्न सक्ने बताए ।

त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले लुम्बिनीको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुनेमा विश्वास व्यक्त गरे ।

उनले मोदीको भ्रमणपछि बुद्धिष्ट पर्यटकको संख्या बढ्ने भन्दै र दुई देशबीचको आर्थिक क्रियाकलाप पनि बढ्ने बताए ।


क्लिकमान्डु