ललितपुरमा चिरिबाबुको सानदार अग्रता



ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले सानदार अग्रता कायमै राखेका छन् । मतगणनाको शुरुवातीचरणदेखि नै अग्रता हासिल गरेका महर्जनले लगातार मतान्तर बढाउँदै गएका छन् ।

पछिल्लो अपडेट अनुसार कांग्रेसका उम्मेदवार महर्जनले ४ हजार ९ सय २१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले १८ सय ११ मत ल्याएका छन् । एमाले उम्मेदवार ब्यञ्जनकारको भन्दा कांग्रेस उम्मेदवार महर्जनले ३ हजार १ सय १० मत बढी ल्याएका छन् । यसअघि पनि महर्जनले मेयर जितेका थिए ।

राप्रपाका मेयरका उम्मेदवार अष्टबहादुर महर्जनले ३ सय २६ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु