भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आइपुगे



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आइपुगेका छन् । भारतीय सेनाको हेलिकोप्टरबाट विहान १० बजेर ३५ मिनेटमा मोदी भैरहवा विमानस्थलमा आइपुगेका हुन् ।

मोदी त्यहाँबाट गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा जानेछन् । मोदीले आज ५ घण्टा लुम्बिनीमा बिताउनेछन् ।

मोदीलाई प्रधानमन्त्री शेरबहादुरले स्वागत गरेका छन् । मोदी पहेँलो पोषकमा लुम्बिनी आइपुगेका छन् । मोदीले केही बेरमा मायादेवी मन्दिरमा पूजा तथा भूमि पूजा गर्नेछन् ।

लुम्बिनीमा अवतरण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै मोदीले आफू गौतम बुद्धको जन्मस्थलमा आउन पाउँदा खुसी लागेको बताएको गृहमन्त्री बालकृष्ण खाँडले बताए ।

त्यसैगरी सहरी विकासमन्त्री रामकुमारी झांक्रीले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले समग्र नेपालका लागि राम्रो भएको बताइन् । उनले मोदीको लुम्बिनी भ्रमणले विश्वभर शान्तिको सन्देश दिन सफल भएको बताइन् ।

त्यसैगरी भारतका लागि नेपाली राजदूत शंकर शर्माले मोदीको लुम्बिनी भ्रमणले यहाँको पर्यटनमा ठूलो सहयोग हुने बताए ।


क्लिकमान्डु