साढे ४ बजेसम्म बालेन स्थापितभन्दा करिब १५ सय मतले अगाडि, कुन वडामा कति मत ?



काठमाडौं । काठमाडौं महानगरमा मतगणना जारी छ । महानगरको मेयर पदमा मुख्य गरी तीन जना प्रतिष्पर्धामा देखिएका छन् । यद्यपि अन्य दुई जनाको भन्दा बालेन साहको मत अत्यधिक बढी छ ।

लौरो चिन्ह लिएर निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार बालेन साहले साढे ४ बजेसम्मको मतपरिणाम अनुसार ३ हजार २३६ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वीहरु एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ७६३ मत र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १ हजार ६९२ मत प्राप्त गरेका छन् ।

बालेन साहलाई सबैभन्दा बढी मत वडा नम्बर ३२ बाट खसेको छ । उनले उक्त वडाबाट ६९९ मत ल्याउँदा केशव स्थापितले ३५८ र सिर्जना सिंहले जम्मा ३१२ मत ल्याएका छन् ।

त्यसैगरी वडा नम्बर १ मा साहले ६७० मत प्राप्त गर्दा स्थापितले ३०८ र सिंहले ३९४ मत प्राप्त गरेका छन् । वडा नम्बर २ मा साहले ६७३ मत ल्याउँदा स्थापितले ४४१ र सिंहले २७६ मत ल्याएका छन् ।

साथै, वडा नम्बर ३ मा साहले ४९१ मत ल्याउँदा स्थापितले २८० र सिंहले ३५५ मत ल्याएका छन् । वडा नम्बर ४ मा साहले ६५४ मत ल्याउँदा स्थापितले ३४४ मत र सिंहले ३१३ मत ल्याएका छन् ।

आज अवेरदेखि शुरु भएको वडा नम्बर ३१ मा साहले ४९, स्थातिले ३२ र सिंहले ४२ मत ल्याएका छन् ।

हिजोदेखि गणना शुरु भएको वडा नम्बर १ र ३२ मा मतगणना अन्तिम चरणमा छ ।

हालसम्म वडा नम्बर १ मा १९५४ मतगणना भइसकेको छ भने वडा नम्बर २ मा १७९१, वडा नम्बर ३ मा १३३३ मतगणना भइसकेको छ । साथै, वडा नम्बर ४ मा १६८५ र वडा नम्बर ३२ मा १७१७ मत गणना भइसकेको छ ।


क्लिकमान्डु