भरतपुरमा ४० मतले रेनु अगाडि, दाहाललाई पछ्याउँदै एमालेका सुवेदी



काठमाडौं । चितवतको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा झनै बढ्दै गएको छ ।

मतगणना जारी रहँदा नेपाली कांग्रेसलगायत पाँच दलिय गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहाल नजिक पुगेका छन् ।

एमालेका उम्मेदवार विजय सुवेदी सुवेदी र दाहालको मतान्तर झनै घट्दै गएको छ । यो समाचार तयार पार्दासम्म दाहाल र सुवेदीको मतान्तर ४० मत मात्रै रहेको छ । हरेक पटकको अपडेटमा सुवेदीले मतान्तर घटाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहाल ४० मतले अघि छन् । पछिल्लो परिणामअनुसार दाहालले २०३८ मत प्राप्त गरेकी छन् भने सुवेदीले १९९८ मत पाएका छन् । अहिले निर्वाचन भएका ठाँउमा मतगणना जारी छ । मतगणना जारी रहँदा सबैको चासो भने भरतपुरतर्फ नै रहेको देखिन्छ ।


क्लिकमान्डु