ललितपुर महानगरपालिका १ मा स्वतन्त्र उम्मेदवार विजयी



ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

ललितपुर महानगरपालिका वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन् ।

पुतली चुनाव चिन्हबाट उठेका उनले ६६१ मत ल्याएका छन् ।

अन्तिम मत परिणाम घोषणा भएसँगै वडाध्यक्ष तण्डुकारले विजयी जुलुस निकालेका छन् । सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले वडावासीहरुलाई धन्यवाद व्यक्त गरे । यो जित आफ्नो मात्र नभई सम्पूर्ण वडावासीको जित भएको बताए ।


क्लिकमान्डु