स्थापितलाई बालेनले १००० बढी मतले पछि पारे, सिर्जनाको भन्दा बालेनको दोब्बर बढी मत



काठमाडौं । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै निरन्तर अग्रता लिइरकेका छन् ।

पछिल्लो मत परिणामअनुसार बालेनले २४५७ मत प्रााप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशव स्थापितले जम्मा १४२७ मत प्राप्त गरेका छन् । स्थापितको भन्दा बालेनको १०३० मत बढी हो ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने एमालेका उम्मेदवार स्थापितलाई पछ्याइरहेकी छन् । सिर्जनाले ११६८ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार बालेनले कांग्रेसकी उम्मेदवार सिंहभन्दा दोब्बर बढी मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु