लगातार मतान्तर बढाउँदै बालेन, ६४७३ मत गन्दा बालेनको २४५७, स्थापितको भन्दा ११७४ बढी, सिर्जना लगातार तेस्रो



काठमाडौ । देशको राजधानी काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेद्वार बालेन साहले लगातार मतान्तर बढाउँदै लगेका छन् । मत गणना शुरु भएदेखि फस्ट भएका बालेनले आफ्ना प्रतिद्धन्द्धी एमालेका उम्मेद्वार केशव स्थापितलाई निकै पछि पारेका छन् ।

पछिल्लो अपडेट अनुसार ६४ सय ७३ मत गणना गरिएको छ । जसमा बालेनले २४ सय ५७ मत ल्याएका छन् । त्यस्तै, एमालेका उम्मेद्वार स्थापितले १४ सय २७ मत ल्याएका छन् । स्थापितले बालेनभन्दा ११ सय ७४ कम मत ल्याएका हुन् ।

तेस्रोमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । सिंहले १३ सय ५९ मत ल्याएर एमालेका उम्मेदवार स्थापितलाई पछ्याइरहेकी छन् ।

यसअघिको निर्वाचनमा सानदार मत ल्याएको विवेकशील साझाको यो पटक जमानत जफल हुने भएको छ । महानगरमा विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले जम्मा २३ मत मात्रै पाएकी छन् ।


क्लिकमान्डु