सूर्या लाइफले संकलन गर्यो ३ अर्ब बीमाशुल्क, नाफा ३८% ले घट्यो



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ५८ करोड ३६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

जुन गत आवको यसै अवधिको तुलनामा १०.९० प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब २३ करोड १३ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद नाफा भने घटेको छ । गत आवको तुलनामा इन्स्योरेन्सको खुद नाफा ३८.४६ प्रतिशतले घटेर १५ करोड ६ लाख ९५ हजार रूपैयाँमा सीमित भएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २४ करोड ४८ लाख ७६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ७१ करोड ८० लाख ३७ हजार रूपैयाँ र बीमालेख धितोमा कर्जाबाट १० करोड २४ लाख ५० हजार रूपैयाँ आम्दानी गरेको छ ।

चैतमसान्तसम्मको अवधिमा इन्स्योरेन्सले अभिकर्ता कमिशन खर्च शिर्षकमा ४५ करोड २५ लाख रूपैयाँ खर्चेको छ ।

७ हजार ३५६ वटा बीमा दाबीवापत ८० करोड ८२ लाख ६६ हजार रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

४७ वटा बीमा दाबीवापत इन्स्योरेन्सले ७४ लाख ५५ हजार रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पुँजी २ अर्ब ५५ करोड रूपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा छ ।

जगेडा कोषमा ५९ करोड ४६ लाख रूपैयाँ, बीमा कोषमा १३ अर्ब ३५ करोड ५८ लाख रूपैयाँ र महावित्ती कोषमा १५ करोड २८ लाख रूपैयाँ सञ्चित छ ।


क्लिकमान्डु