एशियन लाइफको बीमाशुल्क ११% ले बढ्यो, नाफामा सामान्य सुधार



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ११ करोड ४६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५९ करोड ९ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । खुद बीमाशुल्क ११ प्रतिशतले बढाएको इन्स्योरेन्सको नाफामा भने सामान्य सुधार आएको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा १.०७ प्रतिशतले बढेर १८ करोड ४० लाख ५४ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १८ करोड २१ लाख ११ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ६५ करोड ६६ लाख रूपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १६ करोड ६६ लाख ५५ हजार रूपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी २ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ९.६६ रूपैयाँ छ । यस अवधिसम्ममा इन्स्योरेन्सको जगेडा कोषमा ४२ करोड ८२ लाख रूपैयाँ, बीमा कोषमा ३० अर्ब ९८ करोड ७६ लाख रूपैयाँ र महाविपत्ती कोषमा ११ करोड ९६ लाख ३५ हजार रूपैयाँ सञ्चित छ ।

तेस्रो त्रैमासको अवधिसम्ममा इन्स्योरेन्सले अभिकर्ता कमिशन खर्च शिर्षकमा ६२ करोड ८ लाख लाख रूपैयाँ खर्चेको छ । यस्तै, इन्स्योरेन्ज्सले यस अवधिमा ८ हजार ४५६ वटा बीमा दाबीवापत ४ अर्ब ११ करोड १८ लाख रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भने १५८ वटा बीमा दाबीवापत कम्पनीले ५ करोड २८ लाख रूपैयाँ बराबरको कुल दाबी भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु