३ अर्ब बीमाशुल्क संकलन गरेको प्राइम लाइफको नाफा १७% ले बढ्यो



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४९ करोड ४६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १३.५९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा इन्स्योरेन्सको खुद नाफा भने १७.०९ प्रतिशतले घटेर १८ करोड ९५ लाख रूपैयाँमा सीमित भएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २२ करोड ८६ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ९६ करोड ५० लाख रूपैयाँ र बीमालेख धितोमा कर्जाबाट १२ करोड ५९ लाख रूपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी २ अर्ब ७७ करोड रूपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९ पैसा छ । जगेडा कोषमा ५० करोड ५४ लाख रूपैयाँ, बीमा कोषमा १७ अर्ब ६३ करोड ११ लाख रूपैयाँ र महावित्ती कोषमा १७ करोड ६७ लाख रूपैयाँ सञ्चित छ ।

कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन शिर्षकमा ३२ करोड ३८ लाख रूपैयाँ खर्चेको छ । यस अवधिमा इन्स्योरेन्सले ३ हजार ११३ वटा बीमा दाबीवापत ९८ करोड ४४ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ । ४० वटा बीमा दाबीवापत इन्स्योरेन्सले १ करोड १८ लाख रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु