जेठ ७ गते सरकारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने



काठमाडौं । सरकारले जेठ ७ गते आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत गर्ने भएको छ ।

सरकारको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संघिय संसदमा प्रस्तुन गर्ने कार्ययोजना रहेको छ । सरकारको उक्त नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छिन् । जेठ १५ गते बजेट ल्याउनुपर्ने छ । त्यसको लागि जेठ ३ गते संसद अधिवेशन बोलाइएको छ ।

जेठ ३ गते प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेश गर्ने कार्ययोजना रहेको छ । जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफल हुने छ ।

जेठ १२ वा १३ गते संसदमा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको छ । जेठ १५ गतेपछि आर्थिक विधेयक तथा अन्य कार्यक्रममा छलफल हुने छ ।


क्लिकमान्डु