हिमालयन जनरलको नाफा १७% ले बढ्यो



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ६९ लाख रूपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत आवको यहि अवधिको तुलनामा १७.५२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड १० लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि बढेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क २५.१६ प्रतिशतले बढेर २७ करोड ७ लाख रूपैयाँ पुगेको छ ।

गत आवको यहि अवधिमा कम्पनीले २१ करोड ६३ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन आयबाट १० करोड २ लाख रूपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ८० लाख रूपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा ४ हजार ६६९ वटा दाबी वापत ३२ करोड ८४ लाख रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ
५ हजार ३१० वटा दाबी वापत ७० करोड ३२ हजार रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

१ अर्ब १७ करोड ३५ लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २२ करोड ९५ लाख रूपैयाँ छ ।

यस्तै, बीमा कोषमा ६७ करोड ४ लाख रूपैयाँ र महाविपत्ती कोषमा १ करोड ९ लाख रूपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीले ४९ हजार ४३२ वटा बीमालेख जारी गरी १ अर्ब २६ करोड ५२ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।


क्लिकमान्डु