सानिमा जनरल इन्स्योरेन्सको नाफा ८०% ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा सानिमा जनरल इन्स्योरेन्सले खुद नाफा ८०.५४ प्रतिशतले बढाएको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीले १० करोड ५० लाख १८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ५ करोड ८१ लाख ७० हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले २२ करोड २४ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ६०.६८ प्रतिशतले बढी हो ।

गत आवको यसै अवधिमा कम्पनीले १३ करोड ८४ लाख रूपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन आयबाट १३ करोड ७८ लाख रूपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट २ करोड १८ लाख रूपैयाँ आम्दनी गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले पुनर्बीमा कमिसन आयबाट ८ करोड ४० लाख रूपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट १ करोड ५३ लाख रूपैयाँ आम्दानी गरेको थियो ।

तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले १ हजार ४२४ वटा बीमा दाबीवापत १६ करोड ४६ लाख रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले २ हजार ३०९ वटा बीमा दावीवापत ४७ करोड ५५ लाख रूपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ ।

कम्पनीका अनुसार भुक्तानी हुन बाँकी दाबी रकममा कोरोना बीमाको भुक्तानी हुन बाँकी वापतको दाबी रकम र संख्या समेत समावेश गरिएको छ ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १४ रूपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा १३ करोड २९ लाख रूपैयाँ सञ्चिति छ ।


क्लिकमान्डु