एलआइसी नेपालको नाफा ९६% ले घट्यो, खुद बीमाशुल्क सामान्य बढ्यो



काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद नाफा घटेको छ ।

गत आवको यसै अवधिको तुलनामा एलआइसी नेपालको खुद नाफा ९६.१० प्रतिशतले घटेर ६० लाख रूपैयाँमा सीमित भएको हो । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ३७ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको खुद बीमाशुल्कमा भने सामान्य सुधार आएको छ ।

यस अवधिमा इन्स्योरेन्सले १३ अर्ब ६२ करोड २७ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ०.१७ प्रतिशतले मात्रै बढी हो । गत आवको यसै अवधिमा कम्पनीले १३ अर्ब ५९ करोड ९३ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ४ अर्ब ६४ करोड ४० लाख रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट १ अर्ब १९ करोड १८ लाख रूपैयाँ आम्दानी गरेको छ । यसअवधिमा जीवन बीमा कोषको आकार १६.४६ प्रतिशतले बढेर ९० अर्ब ३० करोड ४१ लाख रूपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा यसको जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड २८ लाख रूपैयाँ थियो ।

कम्पनीमा आवद्ध अभिकर्ताले यस अवधिमा १ अर्ब करोड १९ करोड १८ लाख रूपैयाँ कमिशन बुझेका छन् । गत आवको यसै इन्स्योरेन्सले यस शिर्षकमा १ अर्ब ४० करोड ९० लाख रूपैयाँ खर्चेको थियो ।

कम्पनीले १६ हजार ३३१ वटा दाबी बापत ६ अर्ब ६६ करोड २१ लाख रूपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले ३१ करोड ५३ लाख रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ । २ अर्ब ६५ करोड ३२ लाख रूपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रति शेयर आम्दानी ०.२३ रूपैयाँ छ । कम्पनीको जगेडा कोषमा ७० करोड ९० लाख रूपैयाँ, र महाविपत्ती कोषमा ३६ करोड ५ लाख रूपैयाँ सञ्चित छ ।


क्लिकमान्डु