व्यतित बीमालेख नवीकरण गर्दा नेपाल लाइफका बीमितले ३५% ब्याज छुट पाउने



all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत ब्याज छुट पाउने भएका छन् ।

कम्पनीबाट बीमालेख खरिद गरेका तर विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरूलाई छुटको योजना ल्याईएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार २०७७ वैशाख २५ देखि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क समयमा भुक्तानी नगरी व्यतित भएका सम्पूर्ण बीमालेखहरूमा ३५ प्रतिशत ब्याज छुट दिइने भएको हो ।

कम्पनीकाअनुसार यो छुट २०७९ बैशाख २५ गतेदेखि २०७९ असार २४ गतेसम्म लागू हुने छ ।

२०७७ वैशाख २५ गतेदेखि बीमाशुल्क तिर्नुपर्ने बीमालेखहरूको हकमा मात्रै सो छुट लागू हुने छ ।


क्लिकमान्डु