हिमालयन डिस्टिलिरीको नाफा १७ प्रतिशतले बढ्यो, तेस्रो त्रैमाससम्ममा ५ अर्बको मदिरा बिक्री



काठमाडौं । मदिराको चर्चित ब्राण्ड गोल्डेन ओक उत्पादन गर्ने हिमालयन डिस्टिलिरीको नाफा १७.१८ प्रतिशतले बढेको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा यो वर्षको चैत मसान्तसम्ममा १७.१८ प्रतिशतले बढेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७८ करोड ८३ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड २७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब १८ करोड ७८ लाख १५ हजार रुपैयाँको मदिरा बेचेको जनाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९८ करोड ४५ लाख २२ हजार रुपैयाँको मदिरा बेचेको थियो ।

त्यसैगरी, कम्पनीको कुल नाफा १ अर्ब ७५ करोड ९३ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको १ अर्ब ४६ करोड १७ लाख २३ हजार रुपैयाँ थियो ।

कम्पनीको आंशिक पूँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ रहेको छ । साथै, कम्पनीको प्रति शेयर आम्दानी बढेको छ । गत वर्ष ५९.०७ रहेको प्रतिशेयर आम्दानी यो वर्ष ६९.२२ रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु