यूनियन लाइफको साधारणसभा सम्पन्न, मर्जमा जाने प्रस्ताव पारित



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आर्थिक बर्ष २०७६–७७ को बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको छ । निर्वाचित संचालकहरुको आजै बसेको संचालक समितिको बैठकले संचालक शुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको छ ।
सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती सर्वसम्मत रुपमा गरेको छ । सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ संचालकको नियुक्ति सर्वसम्मतीले अनुमोदन गरेको छ ।

सभाले बीमा समितिले तोकेको समय भित्र ५ अर्ब चुक्ता पूँजी पु¥याउन अन्य जीवन बीमा कम्पनीबच एक आपसमा मर्ज हुने (गाभ्ने÷गाभिने), प्राप्ती गर्ने एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।
बीमा समितिले २०७९ चैत्र मसान्त भित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि बिस्तृत लेखा परीक्षण (डिडिए) गर्नका लागि मुल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले संचालक समितिलाई अख्तियारी दिएको छ ।


क्लिकमान्डु