सेयर बजारप्रति लगानीकर्ताको निरासा झनै बढ्दो



काठमाडौं । सेयर बजारप्रति लगानीकर्ताको असन्तुष्टि तिब्र बन्दै गएको छ । बजारमा आउने गिरावट निरन्तर बढ्दै गएको छ ।

सेयर बजारका साथै कारोबार रकममा पनि निरन्तर गिरावट आइरहेको छ । यसले बजारप्रति लगानीकर्ता झनै निरास बन्दै गएको देखिएको छ ।

बिहीबार बजार मापन गर्ने सूचक ३७.०६ अंकले घटेर २२३८.६२ बिन्दुमा रोकिएको छ । यो दिन २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता सेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको १६, विकास बैंक ८८.४४, वित्त कम्पनी ४८.१९, जलविद्युत ६६.८१, जीवन बीमा २६०.१५, माइक्रोफाइनान्स ७३.३७, निर्जीबन बीमा समूहको उपसूचक २६५.४२ अंकले घटेको छ ।

बजारमा निरासा छाउँदा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु