प्रि-ओपनिङ सुस्तायो सेयर बजार, करिब ३ लाखको कारोबार



काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर बजार सुस्त बनेको छ । बजार ०.२६ अंकले घटेर परिसूचक २२७५.४२ बिन्दुमा रोकिएको छ ।

८ कम्पनीको १ हजार ७२० कित्ता सेयर २ लाख ९१ हजार ९२८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा होटल तथा टुरिजम समूहको उपसूचक ११.१९, जलविद्युत समूहको उपसूचक २.८४ अंकले घट्दा लगानी समूहको उपसूचक ०.०६ अंकले बढेको छ ।


क्लिकमान्डु