कारोबार रकमसँगै घट्यो सेयर बजार, इन्डेक्स २२ सयमा झर्यो



काठमाडौं । सेयर बजारका साथै कारोबार रकम पनि निरन्तर घट्न थालेको छ ।

कारोबारको सुरुदेखि नै आरोलो लागेको बजार कारोबारको अन्तिम समयसम्म पनि फर्कन सकेन । बजार मापन गर्ने सूचक ३१.७६ अंकले घटेर परिसूचक २२७५.६८ बिन्दुमा रोकिएको छ ।

निरन्तर आएको गिरावटले बजार २२ सय भन्दा तल झरेको छ । बजारमा आएको गिरावटले लगानीकर्ताले क्रमशः निरासा बनाउँदै लगेको छ ।

बुधबारको कारोबारमा २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता सेयर १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा राताम्मे आउँदा अधिकाश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ १३.२३, विकास बैंक ८७.६३, वित्त ३४.१९, जलविद्युत ५९.९३, जीवन बीमा २८६.८२, माइक्रोफाइनान्स ५३.५९, निर्जीबन बीमा समूहको उपसूचक २१०.८२ बिन्दुमा रोकिएको छ ।

बजारमा गिरावट आउँदा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु