१० वर्ष स्वदेशी सामान उपभोग गर्ने नीति लिनुपर्छः परिसंघ अध्यक्ष अग्रवाल



काठमाडौ । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले अहिलेको समस्यालाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी दिनमा यसप्रकारको समस्या आउन नदिने वातावरण बनाउने गरी काम गर्नुपर्ने बताए ।

उनले अहिलेको समस्या समाधानका लागि वैदेशिक लगानी बढाउने, उर्जामा लगानी बढाउनु पर्ने बताए ।

‘यस्तो समस्यमा समाधानका लागि लामो समय लाग्छ,’ उनले भने, ‘अहिले लगानी गर्ने हो भने नतिजा ५ वर्षपछि देखिन्छ ।’

उनले उद्योगको क्षमता नबढ्दा आयात बढेको भन्दै उद्योगको क्षमता बढाउने नीति बनाउनु पर्ने बताए । उनले अबको १० वर्ष स्वदेशी सामान उपभोग गर्ने नीति लिनुपर्ने बताए ।


क्लिकमान्डु