सेयर बजारमा पहिरो, परिसूचक २२ सय नजिक



काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो कारोबारमा सोमबार बजारमा पहिरो गएको छ ।

कारोबारको सुरुदेखि घटेको बजार अन्तिम समयसम्म पनि फर्कन सकेन । बजारमा निरन्तर गिरावट आउँदा ४८.७३ अंकले गिरावट आएको छ । बजार मापन गर्ने सूचक ४८.७३ अंकले घट्दा परिसूचक २३०७.४४ बिन्दुमा रोकिएको छ ।

२२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा सबै समूहको उपसूचक राताम्मे बनेको छ । यो दिन बैंकिङ समूहको उपसूचक १६.२६, विकास बैंक १२७.३३, वित्त कम्पनी ७४.४४, जलविद्युत ९५.७९, जीवन बीमा ३४२.२५, उत्पादन तथा प्रशोधन ११२.७४, माइक्रोफाइनान्स ६९.०७, जीवन बीमा समूहको उपसूचक २१८.६३ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा अरुण भ्याली हाईड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ४ करोड ७३ लाख ५६ हजार ७४३ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु